सेयर बजारमा चमक: ६८ अंकको सुधार, कुन सेयरको कारोबार बढी ?

Posted on: 06 Oct, 2021

असोज २०, काठमाडौं | साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा चमक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६८१ दशमलव १० मा पुगेको छ । नेप्से दुई दशमलव ६२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अंकले बढेर ५०४ दशमलव ७३ मा पुगेको छ ।

बुधबार कूल २२७ वटा कम्पनीको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ५० करोड ६ लाख ५८ हजार एक सय ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन मंगलबार दुई अर्ब मात्र कारोबार भएकोमा बुधबार बढेको छ । सोमबार तीन अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।

त्यस्तै, बुधबार सिटिजन्स बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २३ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेको छ । सबैभन्दा धेरै फाइनान्स समूह र लघुवित्त समूह बढेको छ । बुधबार सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैमा लघुवित्त अगाडि छ ।

बुधबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश लघुवित्तहरू छन् । बुधबार सेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास, नयाँ सारथीलगायत रहेका छन् ।  त्यसैगरी, बुधबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!