न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै

Posted on: 18 Oct, 2021

कात्तिक १, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले भोली मंगलबार प्रि अलटमेन्ट सकाएर यहि साता भित्र शेयर बाँडफाँट गर्ने जनाएको छ ।

कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!