सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

Posted on: 15 Nov, 2021

कात्तिक २९, काठमाडौं | साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

सोमबार छापावाल सुन प्रति १० ग्राम ८० हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ ।  आइतबार एक हजार २९५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!