‘मिस टिन युनिभर्सल २०१८’को शिर्ष उपाधि स्वस्तिका कार्कीलाई

Posted on: 17 Jul, 2018

साउन १, काठमाडौं | ‘मिस टिन युनिभर्सल २०१८’को शिर्ष उपाधि स्वस्तिका कार्कीले जितेकी छन् । कार्की प्रतियोगितामा मिस क्याटवाक र मष्टगर्जियस उपाधिका साथमा शिर्ष बिजेता बन्न सफल भएकी हुन् । उनले बिभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरिन् । 


राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अप्सना दाहाल फष्टरनर अफ र स्प्रिना लामा सेकेन्ड रनरअप घोषित भए । दाहालले बेष्ट डान्स र मस्ट फ्रेण्डी उपाधि हातपर्दा लामा मिस ट्यालेन्ट र बेष्ट स्पिच बिजेता बनिन् । 

कार्यक्रममा मोनालिसा थापा मगरले मष्ट पपुलर, मष्ट फिटनेश र फेसबुक च्वाइस गरेर तीन उपाधि हात पारिन् ।


ग्ल्याम वल्र्ड इन्टरटेन्टमेन्ट प्रालीका लागि आशिष मिश्र आयोजक रहेको प्रतियोगितामा करिब आधा दर्जन उपबिजेता छानिएका थिए । जसमा नमुना दाहाल सोसियल रेस्पोनसिवल, प्रन्जल अर्याल भियुर च्वाइस र बेष्ट पर्सनालिटी, बर्षा श्रेष्ट बेष्ट स्माइल र बेष्ट हेयर, निलिमा पोखरेल बेष्ट स्क्रिन, अनिसा मोक्तान बेष्ट डिसिप्लेन, एमा लिम्बु फेसन आइकन चुनिएका थिए ।

अश्विनी कान्त झा कोरियोग्राफर र आकाश गिरी कार्यक्रम संयोजक रहेको प्रतियोगितामा गायक सिताराम पोखरेल, डा. राज्यश्री श्रेष्ठ, मिसेस नेपाल ग्ल्याम बिजेता अलाइजा महर्जन, अभिनेत्री रेजिना उप्रेती, डा. सुमित्रा अर्याल, निर्देशक राजु केसी लगायत निर्णायक रहेका थिए । 

युवतीहरुको प्रतिधा निखार्दै उनीहरुको उज्वल भबिश्य निर्माण गर्न मार्ग निर्देशन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक आकाश गिरीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!