प्रधानमन्त्री ओलीद्वारा भाई-टीका ग्रहण

Posted on: 09 Nov, 2018

कात्तिक २३, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो । 

टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथै उहाँहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभयो । 

प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गर्नुभयो । 


प्रधानमन्त्री केपी शर्मा ओली यम पञ्चकको पाँचौं दिन शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा आफ्ना बहिनी विष्णुमाया ढकाल र कौशिला कोइरालाको हातबाट टीका ग्रहण गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ, रासस ।

प्रधानमन्त्री केपी शर्मा ओली यम पञ्चकको पाँचौं दिन शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा आफ्ना बहिनी विष्णुमाया ढकाल र कौशिला कोइरालाको हातबाट भाईटीकाको फूलमाला ग्रहण गर्नुहुँर्दै । तस्बिरः रत्न श्रेष्ठ, रासस ।
प्रधानमन्त्री केपी शर्मा ओली यम पञ्चकको पाँचौं दिन शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा आफ्ना बहिनी विष्णुमाया ढकाल र कौशिला कोइरालाको हातबाट टीका ग्रहण गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ, रासस ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!