अमेरिकाका नेपालीले यसरी क्रिसमस पर्व मनाए (फोटो फिचर)

Posted on: 26 Dec, 2018

पुष ११, अमेरिका | अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधाम साथ क्रिसमस अर्थात् ईसाई पर्व मनाएका छन् । र अमेरिकाका विभिन्न राज्यहरुमा समयको फरक हुनाले यो क्रम जारी रहेको छ । अमेरिका आएका नेपालीहरु मध्ये ईसाई धर्म अपनाउनेले मात्र नभई हिन्दु धर्मावलम्बीहरुले पनि उत्साहपूर्वक क्रिसमस मनाएका छन् । 

यो पर्व मात्र नभई अमेरिकामा रहेका सबै जसो चाडपर्वहरु पनि नेपाली समुदायले मनाउने गरेका छन् । जस्तो देश उस्तै भेष भने झैँ श्रद्धापूर्वक यस्ता र चाडपर्वहरुमा रमाउन थालेका छन् । यसको साथै आफ्ना चाडपर्व दशैँ ,तिहार ,तिज ,नया बर्ष ,छठ ,नेपाल सम्बत ,ल्होछार पर्व आदी इत्यादीलाई उतिकै ले श्रद्धा तथा भक्तिका साथ मनाउदै आई रहेका छन् । आफ्ना छोराछोरीलाई आफ्ना संस्कृति,चाडपर्व ,भाषा परम्परालाई उत्तिकै उच्च प्राथमिकताको अभिभावकले सिकाई रहेका छन् । 


यसको साथै नेपाली समुदायको जनघनत्व ९० को दशक देखि नै बिजगणतीय रुपमा वृद्धि हुदै गएको र तीन पुस्ते समेत जम्मा हुन् थालेकोले अमेरिकामा मनाइने चाडपर्व मध्ये क्रिसमस लाई महत्वका साथ मनाएका समाचार छ । 

मिठा खानाका परिकार बनाएर खाने र ठाउँ ठाउँमा सजावट गरिएका स्थानहरुमा परिवार सहित घुमघाम गर्ने समेत गरिन्छ । नेपाली समुदायले क्रिसमसमा आफ्ना साथीभाई आफन्त परिवार बीच शुभ कामनापत्र आदान प्रदान समेत गरेका छन् । 

अमेरिकामा नेपाली समुदायका अमेरिकामा जन्मेका दोश्रा पुस्ताका सन्तानहरु पनि बढ्न थालेकोले उनीहरुलाई साथ दिन यो पर्व मनाउने क्रम वृद्धि हुदै गएको छ । क्रिसमसको अघिल्लो दिन देखि नै आफन्त ,साथीभाई ,इष्टमित्र परिवार साथ जाने र रमाइलो गरेका छन् । 


साथै उपहार कोसेली लिएर जाने र खाना खाने र खुवाउने समेत गरेका समाचार धमाधम प्राप्त भएको छ । यसै गरि नेपाली समुदायले समेतले पनि विभिन्न प्रकारका उपहार आदन प्रदान गरेका छन् । यसै गरि तिहार झैँ झिलिमिली घर सिंगार्ने ,सफा सुग्घर तथा सजावट समेत गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!