मौसम पूर्वानुमान: यस्तो रहने छ असार ३० गतेसम्मको मौसम

Posted on: 13 Jul, 2019

असार २८, काठमाडौँ | मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित छ । यसको साथै मध्य र पूर्वीनेपाल नजिक एउटा न्यून चापिय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आज पनि मनसुन अति सक्रिय रहने देखिन्छ ।


आगामि तीन दिनको मौसम पूर्वानुमान यस्तो रहनेछ: 

असार २८ गते (शनिबार), आज: 

आज दिउँसो देशभर वर्षा जारी रहने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि हुने सम्भावना छ ।

त्यस्तै आज राति देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ । देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा भारि वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

असार २९ गते (आईतबार)

दिउँसो: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा समेत हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षाको सम्भावना छ।

असार ३० गते (सोमबार)

दिउँसो: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ। पूर्वी क्षेत्रका पहाड र तराईका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा समेत हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक – दुई स्थानहरूमा र पश्चिमी पहाड र तराईका एक – दुई स्थानमा धेरै भारि वर्षा को सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको  सम्भावना छ।पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा  हुने सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य, र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको वहाव र स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!