३४ बर्षीय महिलाले रुखसँग विवाह गरिन्, यस्तो छ रहश्य

Posted on: 16 Sep, 2019

भदौ ३०, लिवरपूल | रुखको महत्वप्रति मानिसहरुलाई जागरुकता दिनको लागि तथा रुखको संरक्षण गर्नको लागि वातावरण संरक्षक तथा सामाजिक कार्यकर्ता केट कङनिंघमले एल्डर प्रजाति नाम गरेको एक रुखसँग बिबाह गरेकी छन् । यति मात्र होइन केटले आफ्नो थर समेत परिवर्तन गरेर केट रोज एल्डर राखेकी छन् । उनको रुखसँगको बिबाहको लागि उनका परिवारले समेत साथ दिएको कुरा अन्तराष्ट्रिय संचार माध्यमहरुमा खबर छ । 

मर्सीसाइड पार्कमा भएको बिबाह समारोहमा केटका बुबा, व्वाईफ्रेन्ड र बच्चा लगायतको उपस्थिति रहेको थियो । केटले बताए अनुसार उनको ब्वाईफ्रेंडले उनको निर्णयप्रति पूर्ण समर्थन गरे । केटका छोरा पनि उनको बिबाह समारोहमा उपस्थित भएका थिए । 


३४ बर्षीया दुलही केट कंनिंघमले लिथरल्याण्डको रिमरोज घाटी पार्कमा रहेको रुखसँग बिबाह गरेकी हुन् । बिबाह गर्नुको कारण मानिसहरुलाई रुखको महत्व बुझाउन रहेको उनले बताएकी छन् । कंनिंघमले त्यस क्षेत्रको रुखहरुको संरक्षणको लागि एक अभियान पनि चलाउने छिन् जो नयाँ बाइपास निर्माणको क्रममा काटिने सम्भावना छ ।

केटले भनिन्, हाम्रो उदेश्य स्थानीय मानिसहरुको सहयोग लिएर रिमरोज घाटी हुँदै जाने लगभग ९ किलोमिटर लामो बाईपास प्रोजेक्ट बन्द गराउने अभियान चलाउने हो । बाइपासको प्रस्ताव इंग्ल्याण्ड राजमार्गद्वारा गरिएको छ । यसको उद्देश्य पोर्ट अफ लिभरपूलमा यातायातको चाप कम गर्नु रहेको छ ।

केटले भनिन्, यो स्थान मलाई निकै मन पर्छ । मेरी आमाको मृत्यु स्वासप्रस्वास सम्बन्धि समस्याको कारण भएको थियो । म आफै ब्रोन्किइक्टेसिसबाट पिडित छु । यो स्थानलाई मासेर एउटा सडक निर्माण गर्नु वातावारणको लागि ठूलो हानी हो । हाम्रो इलाकामा पहिलेदेखि नै निकै प्रदूषण छ । यदि यो स्थानका रुखहरु काटेर सडक बन्यो भने त हामी स्थानीय सिधै रोगको सिकारमा पर्छौं । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!