अमेरिकालाई उत्तर कोरियाली नेता किम जोङ उनले दिए यस्तो चेतावनी

Posted on: 05 Dec, 2019

मंसिर १९, एजेन्सी | अमेरिकालाई उत्तर कोरियाले ‘क्रिसमस उपहार’ दिने चेतावनी दिएको छ | ‘उपहार’ के हुने भन्ने कुराको निर्धारण वासिङ्टन र प्योङयाङबीच जारी वार्ताले गर्ने अधिकारीहरुले बताएका छन् |

अघि उत्तर कोरियाले एकतर्फी रुपमा यही वर्षको अन्त्यसम्ममा आणविक वार्ता निष्कर्षमा पुयाइसक्नुपर्ने बताएको थियो |दुई चरणको शिखर वार्ता सम्पन्न भएपछि केही समयदेखि दुई पक्षबीचको सम्बन्धमा चिसो आएको थियो |  उत्तर कोरियाले दिएको चेतावनीलाई  विज्ञहरुले सको लामो दुरीको मिसाइल परिक्षण पुनः सुचारु गर्ने संकेतका रुपमा बताएका छन् |


अमेरिकाको नीति निर्माताहरुले आफ्नो राजनीतिक लाभको लागि मात्र किम जोङ उनसँगको वार्ता अघि बढाएको कोरियाको आरोप् छ  | "अमेरिकाले अघि सारेको छलफल खासमा उत्तर कोरियालाई वार्तामा अल्झाइरहने र त्यस वापत अमेरिकाको चुनावमा फाइदा लिनेभन्दा बढी केही देखिदैन | उत्तर कोरियाले दाबि गर्दै आएको छ |


उत्तर कोरियाले आफ्नो पहिलो अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल(आईसीबीएम)को सफल परिक्षणलाई पनि ‘अमेरिकाको लागि उपहार’को संज्ञा दिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!