चिनियाँ वैज्ञानिकहरुले बनाए बाँदर र सुँगुरलाई मिलाएर नयाँ प्रजाति !

Posted on: 08 Dec, 2019

मंसिर २२, एजेन्सी | वैज्ञानिकले संसारलाई अचम्मित बनाएका छन् | चिनियाँ वैज्ञानिकहरुले बाँदर र सुँगुरको जीनबाट नयाँ प्रजातिको जनावरको जन्म गराएका छन् | जसलाई ‘बाँदर–सुँगुर प्रजाति नाम दिइएको छ |

संचार माध्यममा जनाइए अनुसार सुँगुरका दुई बच्चाको मुटु, कलेजो र छालामा बाँदरका तन्तु छन्  | सुँगुरका यी दुई बच्चा स्टेट सेल र प्रजनन जीव विज्ञानको स्टेट प्रयोगशालामा पैदा भएका थिए तर जन्मिएको एक हप्ताभित्रै यी दुईको मृत्यु भएको छ |


बेइजिङको स्टेट सेलकी प्रमुख प्रयोगशाला र प्रजनन जीवन विज्ञानका वैज्ञानिकलाई मान्ने हो भने यो बाँदर–सुँगुरको पहिलो रिपोर्ट हो | वैज्ञानिकका अनुसार पाँच दिनका पिगलेट भ्रुणमा बाँदरको स्टेम कोसिका थिए |तर यी दुई बाँदर–सुँगुरको मृत्यु किन भयो भनेर स्पष्ट हुन सकेको छैन | 

वैज्ञानिकहरुले उनीहरुको मृत्यु आइभीएफ प्रक्रियामा कुनै प्रकारको समस्याका कारण भएको हुनसक्ने अनुमान लगाएका छन् | यो  प्रयोग स्पेनिश वैज्ञानिक युआन कार्लोस इजिपिसुआ बेलमोन्टेले दुई वर्ष अघि गरेको प्रयासलाई अनुसरण गर्दै गरिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!