सन्ना मरिन जो विश्वकै सबैभन्दा कान्छी महिला प्रधानमन्त्री बनिन्

Posted on: 11 Dec, 2019

मंसिर २५, एजेन्सी | फिनल्याण्डमा सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् | फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ मारिन सोमबार प्रधानमन्त्रीका रुपमा चयन भइन् | फिनल्याण्डको संविधान अनुसार संसदमा सबैभन्दा ठूलो दल एसडीपीले प्रधानमन्त्रीका रूपमा सिफारिस गरेपनि त्यसलाई संसदले अनुमोदन गर्नुपर्ने व्यवस्था छ |


उनी आफ्नो पार्टीको उपाध्यक्ष हुन् |  उनले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत वर्ष पार्टीको नेतृत्व सम्हाल्हेकी थिइन् | प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको थियो | 


गठबन्धन सरकारमा रहेका पाँच पार्टीमध्ये एसडीपीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गने अवसर जुरेको हो | विश्वमा सानै उमेरमा प्रधानमन्त्री भएका व्यक्तिहरूमा युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका हुन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षको रहेकी छिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!