इरानले तोक्यो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकोको मूल्य

Posted on: 06 Jan, 2020

पुस २१, एजेन्सी | इरानले अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्पको टाउकोको मूल्य तोकेको छ | ट्रम्पको आदेशमा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हवाई आक्रमणमा गरिएको हत्यापछि दुई देश बिच थप तनाब उत्पन्न भएको हो |

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए पछि त्यसको केही बेरमा इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ | यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो |

ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ |

मसादमा सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!