राजपरिवार त्याग्ने ह्यारी र मेगनले गरे यस्तो घोषणा

Posted on: 09 Jan, 2020

पुस २४, एजेन्सी | ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कल शाही भुमिकाबाट आफू अलग रहने घोषणा गरेका छन् | आफ्नो आगामी  बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने बताउँदै बुधबार उनीहरुले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा गरेका हुन् |


राजकुमार ह्यारी र मेगनले यस निर्णय लिनुपूर्व बेलायती महारानी वा राजकुमार विलियमसँग कुनै सल्लाह नगरेको बिबिसीले जनाएको छ | उनीहरूको उक्त निर्णयबाट दरबारमा निराशा छाएको बताइएको छ | बुधबार अनपेक्षित रुपमा जारी भएको वक्तव्यमा राजकुमार ह्यारी र मेगनले महिनौंको आन्तरिक छलफल पछि निर्णय लिएको संचारमाध्यमले जनाएका छन् |

महारानीलाई हाम्रो पूर्ण समर्थन रहने बताउंदै शाही परिवारको उच्च भूमिकाबाट पछाडि हट्न चाहन्छौं र आर्थिकरुपमा आत्मनिर्भर हुन काम गर्नेछौं,उनीहरुले भनेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!