इरानले खसालेको युक्रेन विमानको भिडियो खिच्ने पक्राउ

Posted on: 15 Jan, 2020

माघ १, एजेन्सी | इरानको आकाशमा १७६ जना यात्रुवाहक युक्रेनको विमान खसालेको भिडियो खिच्ने पक्राउ परेका छन् | अमेरिका र इरानबीच बढ्दै गएको तनावले इरानले गम्भीर मानवीय त्रुटी भएको भन्दै आफुले मिसाइल हानेर खसालेको स्वीकार गरेको थियो |

उक्त भिडियो खिच्ने व्यक्तिलाई राष्ट्रिय सुरक्षा सम्बन्धि आरोप लागेको छ | पीएस ७५२ विमान गत बुधबार तेहरानबाट उडेलगतै खसालिएको थियो | उक्त विमानमा सवार सबै यात्रुको मृत्यु भएको थियो | इरानले भुलबस विमान खसालेको स्वीकार गरे संगै घटनामा संलग्न लाई पक्राउ गरेको छ |

‘यो सामान्य घटना होइन । सम्पूर्ण संसारको ध्यान यो अदालतमा हुनेछ ,’इरानका राष्ट्रपति हसन रुहानीले  भने | विशेष अदालतको निगरानीमा घटनाको अनुसन्धान  हुने बताएका छन् | घटनामा एकै जनामात्र दोषी नभएको राष्ट्रपतिको भनाइ छ | सुरुमा विमान मिसाइल आक्रमण गरेर खसालेको अस्विकार गरे पनि तर विमानमा केही ठोक्किएर खसेजस्तो भिडियो समाजिक संजालमा शेयर भएपछि विश्लेषकले त्यसमा मिसाइल लागेको अनुमान गरेका थिए |

त्यसपछि इरानले भुलबस मानवीय त्रुटीका कारण खसालेको स्वीकार गर्यो | इराकी संचारमाध्यमले जनाए अनुसार  रिभोलुसनरी गाड्र्सले अघिल्लो हप्ता एक व्यक्तिलाई भिडियो पोस्ट गरेको आरोपमा पक्राउ गरेको थियो | तर सुरुमा भिडियो पोष्ट गर्ने लण्डन नि बस्दै आएका इरानी पत्रकारले उनको स्रोत सुरक्षित रहेको र इरानले गलत व्यक्ति पक्राउ गरेको बताएका थिए |

इरानी न्यायापालिकाका प्रवक्ता घोलमहुसेन इस्माइलीले जहाज खसालेको घटनामा कैयौं व्यक्ति पक्राउ परेको बताएका छन् | सरकारविरोधी प्रदर्शन अर्थात गैरकानुनी भेलामा भाग लिएका ३० व्यक्ति पनि पक्राउ परेको उनले बताए |

जहाजमाथि २० सेकेण्डको अन्तरमा दुई मिसाइल प्रहार भएको नयाँ तथ्य न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!