आईएसका यी आतकंकारी पक्राउ गर्न भ्यानमा नअटाएपछि मिनी ट्रक बोलाइयो

Posted on: 20 Jan, 2020

माघ ६, एजेन्सी | इराकमा आईएसमा संलग्न आतंककारी शिफा अल निमा ( जब्बा द जिहादी) लाई पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ | शिफा अल निमाको तौल  निकै बढी भएका कारण उनी हलचल समेत गर्न सकिरहेका थिएनन् |


शिफाको तौल २५० किलो रहेको सञ्चार माध्यमले जनाएका छन् | पक्राउका लागि प्रहरीले ल्याएको भ्यान सानो भएपछि ट्रक बोलाइए छ | उनि अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् | उनी जिहादीविरुद्ध भाषण दिनको लागि चर्चित नेता मानिन्छन | उनी आतंककारीहरुलाई तयार पार्ने कार्यमा पनि संलग्न रहेका छन् | 

 शिफा उत्तेजक भाषण दिँदै आतंककारीहरुलाई जागरुग गराउने काम गर्ने र आतंककारीको दिमागमा विष घोल्ने काम गर्ने गरेको उनको बारेमा अनुसन्धान गरिसकेका बेलायती कार्यकर्ता माजिद नवाजले बताए |

उनले जारी गरेको आदेशमा आतंककारीहरु खुलेआम हत्या र आतंकजस्ता काममा लाग्ने ग्र्थ्ये | उनी तौल बढ्ने (ओभेसीटी)को समस्याबाट पीडित भएको बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!