प्रधानमन्त्री ओलीले यसरी मनाए बालुवाटारमा ‘जन्मदिन’

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन मनाएका छन् | ओलीका शुभेच्छुकहरुले बालुवाटार स्थित प्रधानमन्त्री निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् |

जन्मदिनको अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई बधाई तथा सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् |

नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगाय प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन पुगेका थिए |




यस बिषयमा तपाइको प्रतिक्रिया...!