राष्ट्रिय सुरक्षामा खतरा पुग्ने भन्दै श्रीलंकाले गर्यो एमसीसी सम्झौता कार्यान्वयन नगर्ने निर्णय

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौं | अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता श्रीलंकाले कार्यान्वयन नगर्ने बताएको छ | श्रीलंकाको मन्त्रीपरिषदले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो |

उक्त प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदलाई बुझाउँदै प्रतिवेदन अनुसार एमसीसी कार्यान्वयन नगर्ने निर्णय गरेको हो | उक्त प्रतिवेदनपछि सरकारका प्रवक्ता मन्दुला गुनवर्द्धनाले सम्झौता कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी दिएका छन् |

एमसीसी सम्झौताले श्रीलंकाको संविधान र कानुनको उल्लङ्घन गरेको भन्दै कार्यान्यवन नगर्ने निर्णय गरेको बताएका छन् | श्रीलंकाको राष्ट्रिय सुरक्षा तथा आर्थिक र सामाजिक क्रियाकलापमा खलल पुग्ने देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई पनि समस्यामा पार्न सक्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ |

उक्त एमसीसी सम्झौतामा विवादित बुँदालाई लिएर सरकार एमसीसी सम्झौतालाई संसोधन गर्न तयार रहेको प्रधानमन्त्रीले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!