सायद काठमाडौँ पहिले कहिलै यस्तो देखिएको थिएन (६ तश्वीर)

Posted on: 10 May, 2020

वैशाख २८, काठमाडौँ | कोरोना भाइरसले बन्दाबन्दी (लकडाउन) जारी रहँदा काठमाडौँको वातावरण भने मुस्कुराईरहेको छ । काठमाडौँका अधिकांश ठाउँहरु हेर्न लायक देखिएका छन् । अन्य बेलामा सडकभरी सवारी गुड्दा र त्यसको प्रदुषणले घुर्मइलो देखिने काठमाडौँ कतिसम्म खुलेको छ तलका तश्वीरहरुले दर्साउँछ । काठमाडौँमा जति प्रदुषण र कोलाहल थियो त्यो अवस्था अहिले छैन । कोरोना महामारीको कारण माक्स लगाएर हिड्नुपर्ने बाध्यात्मक स्थिति बनेको बेला काठमाडौँको वातावरणमा अहिले खुल्ला स्वास लिन मन लाग्ने भएको छ । 

लकडाउनका कारण मानवीय चहलपहल नहुँदा अहिले काठमाडौँको वातावरण अत्यन्तै स्वच्छ, सफा र हरियालीले भरिएको छ । फूलहरू फुलेका छन् । त्यसमा पनि बसन्त ऋतुको महिना भएर पनि हुनसक्छ काठमाडौँ साच्चै सुन्दर बनेको छ । सडक छेउमा हरियाली तथा फुलेका फुलका बीचमा सफा सडकले कान्तिपुर नगरी मनमोहक बनेको छ । अरुबेलामा उकुसमुकुस काठमाडौँका सडक छेउमा बसेर कतिपयले त सेल्फी समेत खिचेर सामाजिक संजालमा हालेका छन् ।  

काठमाडौँमा सडकछेउ फुलेको जाकरान्डा फूल, त्यसको भुईमा समेत फुलको थुंगाहरु झरेर थप रौनक देखिएको छ । साच्चै अहिलेको जस्तो राम्रो, स्वच्छ, सफा र हरियाली काठमाडौँ सायद पहिले कहिलै देखिएको थिएन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!