काठमाडौं रेल ल्याउन बाटो खुल्यो: चीनसँग १४ वटा सम्झौता—समझदारी

Posted on: 22 Jun, 2018

असार ८, काठमाडौँ | नेपाल र चीनबीच विद्युतिय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समभदारीपत्र एमओयु र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेईजिङमा विहीबार नेपाल चीन द्धिपक्षीय बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ती समझौता समझदारीपत्र तथा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो । 

रेलवे परियोजनामा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउने बाटो खुला भएको छ । 

- आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!