अब नेपाली महिला पनि ब्रिटिस आर्मी

Posted on: 18 Jul, 2018

साउन २, काठमाडौँ |  बेलायतले आफ्नो सेनामा नेपाली महिलालाई पनि भर्ती गर्ने भएको छ । यस अघि सभामुख ओनसरी घर्तीमगरको अनुरोधमा बेलायतले बेतायती सेनामा नेपाली महिला पनि अब भर्ती गर्ने समाचारहरु सार्वजनिक भएका थिय । बेलायत भ्रमणबाट फर्केपछि पुर्व सभामुख घर्तिले पत्रकारहरुसँगको कुराकानीमा नेपाली महिला पनि बेलायती सेनामा भर्ती हुने जानकारी दिएकी थिइन् ।

आजको कान्तिपुर दैनिकमा यस समबन्धि समाचार छ, 

समाचार अनुसार दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको हो । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो । लडाइमा प्रत्यक्ष उत्रन पाउने गरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन् ।

आगामी वर्षदेखि आवेदन खुला हुने र महिलाले कठोर छनोट प्रक्रिया पार गर सन् २०२० सम्म बेलायतमा इन्फेन्ट्री तालिमका लागि आउन सक्ने अपेक्षा गरिएको छ । सन्डे टाइम्स समाचारपत्रका अनुसार अहिले ब्रिगेड अफ गोर्खाजमा ३ हजार गोर्खा सैनिक कार्यरत छन् । महिला भर्तीपछि यो संख्या ३ हजार ८ सय पुग्ने अनुमान छ । 

पोखरामा गरिने भर्ना प्रक्रिया सहज नभएको र शारीरिक बनावट आकर्षक सहित आवेदन दिएका महिलाहरुले २५ केजी बालुवा बोकेर झन्डै पाँच किलोमिटर उकालो समेत दौडिनुपर्ने हुन्छ । साथै अन्य कठिन अभ्यास पनि गर्नुपर्नेछ । त्यसपछि बेलायतको नर्थ योर्कसायरस्थित क्याट्रिकमा १० साताको प्रशिक्षण पार गरपछि मात्र सेनाको लागि योग्य हुनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!