वृद्ध हत्या प्रकरण : १५ महिनासम्म पनि दोषी पत्ता लागेन

Posted on: 14 Oct, 2018

असोज २८, विराटनगर | बोक्साको आरोपमा पटकपटक अपमानित हुँदै आएका एक वृद्धको घाँटी रेटेर वीभत्स हत्या भएको पन्ध्र महिना बित्दा पनि प्रहरीले दोषीको पहिचान गर्न सकेको छेन । 

रंगेली नगरपालिका ९ साबिकको दर्वेशा बनकोलका ६३ बर्षीय पहाडचन राजवंशीलाई अज्ञात समूहले गतबर्ष असार दोस्रो साता उनकै घर नजिक घाँटी रेटेर वीभत्स हत्या गरी सडकमा फालेको थियो । 

घटनामा संलग्न व्यक्ति पहिचान भइसकेको दाबी गर्दै संलग्न व्यक्ति भारत छिरेकाले पक्राउ गर्न समस्या भएको प्रहरीको भनाइ छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!