रोल्पा र दाङका ५ दर्जनभन्दा बढी युवा ठगिए, साढे दुई करोड सिध्याएर स्वदेश फर्किए

Posted on: 19 Mar, 2019

चैत ५, काठमाडौं | अमेरिका पुग्ने आसमा रोल्पा र दाङका ५ दर्जनभन्दा बढी युवाहरु विदेशमा हन्डर र ठक्कर खाँदै झन्डै साढे दुई करोड रुपैयाँ सिध्याएर वर्ष दिनपछि स्वदेश फर्किए । 

फर्के लगत्तै उनीहरुले महानगरीय अपराध महाशाखामा आफूहरुलाई ठग्नेहरुविरुद्ध उजुरी दिए । त्यसैका आधारमा प्रहरीले दाङबाट महेश बाठामगरलाई पक्राउ गरेको छ । फागुन २१ गते पक्राउ परेका महेशलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि भन्दै तेस्रो पटक १५ दिन म्याद थप गरेर थुनामा राखेको छ ।

अमेरिका जाने भन्दै नेपालबाट भारतको दिल्ली, रुसको मस्को, क्युबाको हभाना, पानामा, हैटीको पोर्ट औ प्रिन्स र बेलायत शासित टक्र्स एन्ड केकोस आइसल्यान्ड पुगेको ती युवा छ महिना प्रहरी हिरासतमा बसेका थिए । अमेरिका जान भन्दै हैटी पुगेर फर्किएका यसअघिका पीडितकको कथासँग पछिल्लो कथा मिल्दोजुल्दो देखिन्छ । 

- यो समाचार जनकराज सापकोटाले कान्तिपुरमा लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!