प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’

Posted on: 16 Apr, 2019

वैशाख ३, काठमाडौँ  | नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । 

प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित भएनन् । 

काठमाडौँमै रहेर पनि गृहमन्त्री थापा, उर्जामन्त्री पुन उपस्थित भएनन् । भने अन्य मन्त्रीहरु भने काठमाडौँबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए । 

- यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!