वैदेशिक रोजगारमा मृत्यु भएका हकवालालाई सवा ३४ करोड

Posted on: 20 Apr, 2019

वैशाख ७, काठमाडौं | सरकारले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारको हकवालालाई आर्थिक सहायातास्वरुप ३४ करोड २५ लाख रुपैयाँ खर्चेको छ । 

सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात गएको साउनदेखि फागु्नको दोस्रो सातासम्म ५ सय २४ मृतकका हकवालालाई उक्त रकम खर्चेको हो । सो अवधिमा मृत्यु भएका कामदारको संख्या भने ५ सय ५३ रहेको छ ।

आर्थिक सहायता पाउनेमध्ये ४ सय ८२ जनाले ७ लाख रुपैयाँ र ४२ जनाले १० हजार रुपियाँ पाएको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिनुभयो । 

- यो समाचार सुम्निमा काफ्लेले नेपाल समाचार पत्रमा लेखेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!