एक नेपाली वालिकाको बयान: 'दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो'

Posted on: 22 Jul, 2019

साउन ६, काठमाडौँ | धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ । 

रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पुर्याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् ।

दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पुर्याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । ‘दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन् । 

उल्टै मलाई गाली गर्थिन् । प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिने लगायत अनेक खाले धम्की दिइन्थ्यो ।’

- यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!