मैले एसएलसी मात्रै गरेको हुँ, तर केहिमा अड्किन्नः मन्त्री ज्ञवाली

Posted on: 26 Apr, 2018

प्रेम सुनार | बैशाख १३, गुल्मी । मन्त्री भए पछि गृह जिल्ला गुल्मीमा पहिलो पटक आएका परराष्ट मन्त्री प्रदिपकुमार ज्ञवालीलाई पहिलो  उनले पढेकोे रिडी माध्यामिक विद्यालय आज भव्य स्वागत  गरेको छ ।

वलेटक्सारको चौतराबाट दुई घण्टाको बाटो हिडेर २०३१ सालमा कक्षा ९ मा भर्ना भई १३ वर्षको उमेरमा एसएलसी पास गरेका थिए । उक्त कुराको स्मरण गर्दै मन्त्री ज्ञवालीले भने–‘ यो विद्यालयबाट एसएलसी पास गरे पछि मैले त्यो भन्दा बढि औपचारिक शिक्षा लिन पाईन, अहिले म परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेको छु, तर म अग्रेजी लगायत कुनै  विषयमा अड्किन्न ।’

उनले थपे–‘ यो विद्यालय आफैमा गौरवभान्वित विद्यालय हो जसले उत्पादन गरेको विद्यार्थी आज परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेको छ र जसले हरेक कुरामा क्षमता राख्छ । ’ आफुले अहिले विज्ञान विषय अध्यान गर्न लागेको बताउँदै मन्त्री ज्ञवालीले आफुलाई त्यति वेला पढाउने शिक्षकहरुको स्मरण गरे ।


उनले  फरक मानसिकता भएकी आफ्नो छोरीको नाममा त्यस विद्यालायका अपङ्गता भएका विद्यार्थीहरुको शैक्षिक   विकासका लागि १ लाख वरावरका क्षितिज   विशेष पुरस्कार अक्षय कोषको स्थापना समेत गरी दिएका छन् ।

एउटा अपाङ्ग सन्तान  हुर्काउन  पढाउनुको पिडा आफुलाई  गहिरो सग अनुभुत भएको भन्दै उनले अवका दिनमा  त्यस्ता वालवालिका शिक्षाबाट बञ्चीत हुन नपरोस भन्ने चाहेको बताए ।  मन्त्री ज्ञवाली वेसहारा र आर्थिक अभावका कारण शिक्षाबाट बञ्चीत भएका वालवालिकाको शिक्षा दिक्षामा सरकारले अव अभिभाकत्व लिने जनाएका थिए ।

आफ्नो पुर्व विद्यार्थी परराष्ट्र मन्त्री भएको खुशीयालीमा  गृह जिल्लामा पहिलो स्वागत कार्यक्रमको आयोजना गर्दै मन्त्री ज्ञवालीलाई  शिक्षक, विद्याथी, र अभिभावकहरुले गेट देखि नै पुष्पगुच्छाले भव्य   स्वागत गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!