एमाले-माओवादी ४४१ सदस्यीय केन्द्रीय समिति हुने, भागबण्डामा कसलाई कति ?

Posted on: 16 May, 2018

जेठ २, काठमाडौं । एमाले-माओवादी एकता पछि ४४१ सदस्यीय केन्द्रीय समिति हुने भएको छ । जसमा भागबण्डामा एमालेले बहुमत सदस्य २४१ राखेको छ भने माओवादीले २०० सदस्य पाउने भएको छ । 

त्यस्तै ४३ सदस्यीय स्थायी कमिटी रहने भएको छ जसमा एमालेबाट २५ जना रहनेछन भने माओवादीबाट १८ जना रहने छन् । त्यस्तै बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि छ । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।

भोली मदन भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको र दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको माओवादी उच्च स्रोतले बताएको छ । सम्भव भए भोलि नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी रहेको छ ।

आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो  । 

पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीमा जुटेका छन् । यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!