सबैभन्दा धनी मन्त्री महासेठ : सम्पत्ति विवरण कति ?

Posted on: 23 May, 2018

जेठ ९, काठमाडौं । सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनकि गरेको छ ।


विवरणअनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका छन् । मन्त्री महासेठले उपलब्ध गराएको विवरणअनुसार चल अचल सम्पत्ति जोड्दा उनीसँग अर्ब बढीको सम्पत्ति रहेको देखिन्छ ।

महासेठको श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालि वडा ९ मा ४२०० वर्गफिटको साढे दुई तल्ला घर रहेको छ । त्यस्तै श्रीमतीकै नाममा ललितपुर महानगरपालिकामा ५८०० वर्गफिटमा साढे दुई तल्ला घर रहेको छ ।

त्यस्तै श्रमती जलीकै नाममा धनुषामा ८ विघा र ५ कठ्ठा, सिन्धुली कमलामाइमा ५ कठ्ठा, ललितपुर महानगरपालिकामा २ रोपनी १३ आना, १ रोपनी ७ आनाको कित्ता रहेको छ । त्यस्तै महासेठको नाममा भने १ विघा १५ कठ्ठा जग्गा रहेको देखिन्छ ।

त्यस्तै महासेठले ७२ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेका छन् । महासेठसँग ५२ तोला सुन देखिन्छ । जसमा २७ तोला पैतृक र २५ तोलो दाइजोको रुपमा रहेको विवरणमा उल्लेख छ । चाँदी भने डेढ किलो रहेको देखिन्छ ।

महासेठसँग ४० करोड रुपैयाँ बराबरको सेयरसमेत रहेको देखिन्छ । उक्त सेयर विभिन्न कम्पनी र बैंकमा रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै सगोलको जग्गा भने १४७ विघाभन्दा बढी रहेको देखिन्छ । महासेठले भने श्रीमती र आफ्नो नाम गरी २३ करोड भने ऋण देखाएका छन्

यस बिषयमा तपाइको प्रतिक्रिया...!