आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध उर्लियो नेबिसंघ

Posted on: 25 May, 2018

जेठ ११ काठमाण्डौ | नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रिय समितिको समन्वयमा शुक्रबार दिउँसो राजधानीमा बिशाल विरोध प्रदर्शन गरेको छ ।


प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नेविसंघ नेताहरु महामन्त्री कुन्दन काफ्ले र मनोज मणि आचार्यको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा नेबिसंघ महामन्त्री कुन्दन राज काफ्ले ,उपाध्यक्ष रामप्रसाद अधिकारी,नवीन राई ,नेता दीपक भट्टराई ,डुजाङ शेर्पा काठमाडौं सभापति मनोज बैध्य लगायतले सम्बोधन गरेको नेबिसंघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए ।


कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए ।

आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा  लगाएको नेबिसंघ नेता निरन्जन थापाले  बताए  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!