ढुंगेललाई आममाफी दिनेबारे २४ घण्टामा लिखित जवाफ माग

Posted on: 25 May, 2018

जेठ ११, काठमाडौं | सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई आममाफी दिने विषयमा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

ढुंगेललाई सरकारले चालचलन असल रहेको भन्दै गणतन्त्र दिवसको दिन जेलमुक्त  गर्ने तयारी गर्दै गर्दा आम माफी दिने काम रोक्न माग गर्दै दायर भएको रिटमा न्यायाधीश दीपक कार्कीको इजलाशले २४ घण्टामा लिखित जवाफ दिन आदेश दिएको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई रिहा गराउन नहुने जिकिर गर्दै रिट दायर गरेका थिए । व्यक्ति हत्यामा दोषी ठहर गर्दै सर्वोच्चले जन्मकैदको सजाय तोकेपनि फरार रहेका ढुंगेललाई प्रहरीले ललितपुरबाट पक्राउ गरि जेल चलान गरेको थियो । सर्वोच्च अदालतले यो मुद्दालाई गम्भीरताका साथ लिंएको जनाएको छ । साथै अन्तरिम आदेशका लागि बहस गर्न आउने आइतबारका लागि पेशी समेत तोकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!