प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई सभामुखको रुलिङ

Posted on: 17 Jun, 2018

असार ३, काठमाडौं । सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई रुलिङ गरेका छन् । 

सरकारका मन्त्रीको अनुपस्थितिका कारण आईतबारको बैठक १५ मिनेट स्थगित हुनुपरेको भन्दै सभामुखले प्रतिनिधिसभा संचालन नियमावलीले गरेको व्यवस्था अनुसार बैठकमो उपस्थित हुन सरकारलाई रुलिङ गरेका हुन् । 

 नियमावलिको ५६ले बैठक संचालनका लागि सरकारका मन्त्रीको अनिवार्य उपस्थिति र विषयगत छलफलमा विभागिय मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको तर्फ सरकारको ध्यानाकर्षण गराउदै सभामुखले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन सचेत गराए । 

आईतबार छलफल भईरहेका मन्त्रालयका कुनै पनि विभागिय मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित गर्नुपरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!