नेकपाले नियम कानुनको उलंघन गर्यो: नेता महत

Posted on: 17 Jun, 2018

असार ३ काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले  नेपाल कम्युनिष्ट पार्टीको एकतापछि सरकारमा घमण्ड बढेकोले नियम कानुनको समेत उलंघन गरेको आरोप लगाएका छन् ।


नुवाकोट आदिवासी जनजाति संघद्वारा शनिबार आयोजित एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

महतले भने:- "सारा समाजलाई पार्टीको नियन्त्रणभित्र ल्याउन डर त्रास र धम्कीका आधारमा हरेक क्षेत्रमा आतंक फैलाउने काम सरकारबाट भइरहेको छ, सरकारका पछिल्ला हरेक अभिव्यक्तिहरु नाजायक रहेको छ ।"

यसक्रममा उनले जनताका हितमा नेपाली कांग्रेस र भातृ संगठनहरुलाई सक्रिय रुपमा अघि बढ्न पनि अनुरोध गरेका छन् । उनले पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको प्रस्ट समेत पारे ।

नेता महतले नेपाली कांग्रेसको पराजय हुनुको प्रमुख कारण वाम गठबन्धन भएको प्रस्ट पार्दै नेपाली कांग्रेस भित्रको असन्तुष्टी र निष्क्रियताका कारणले हार बेहोर्नु परेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!