मुलुक निर्माणमा मुस्लीम समुदायको महत्वपूर्ण भूमिका: कमल थापा

Posted on: 21 Jun, 2018

असार ७, काठमाण्डौ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको समग्र विकास र समृद्धिको निमित्त मुस्लीम समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।


मुस्लीम समुदायको महान्पर्व इद उल फित्रको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्रको पहिचानको पक्षमा बहुसंख्यक मुस्लीम समुदाय रहेकोमा खुसी प्रकट गर्नु भयो ।

आपसी सद्भाव, एकता र भाईचारा नै समृद्धिको आधार भएको चर्चा गर्दै थापाले सवै धर्म, जाति र सम्रदाय वीच मिलेर बस्ने नेपाल र नेपालीको मौलिक परम्परा विशिष्ट रहेको विचार व्यक्त गर्नु भयो ।

राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनका सल्लाहकार सलिम खान गौसको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष टंक ढकाल, कोषाध्यक्ष उद्धव पौडेल, प्रवक्ता रोशन कार्की, सहमहामन्त्री द्धय चन्द्र बहादुर गुरुङ्ग, हेमजंग गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!