संसदमा मन्त्रालयगत बजेटमाथि छलफल जारी

Posted on: 22 Jun, 2018

असार ८, काठमाडौं । विनियोजन विधेयक, २०७५ माथि छलफलका लागि आज प्रतिनिधि सभा बैठक बसिरहेको छ ।  संसद सचिवालयका अनुसार अहिले ५ वटा मन्त्रालयका विभिन्न शीर्षकहरुमा विनियोजन गरिएको बजेटमाथि छलफल भईरहेको छ ।

प्रतिनिधि सभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, मीन बहादुर विश्वकर्मा, सञ्जय कुमार गौतम, गगन कुमार थापा, मिनाक्षी झा र भीमसेनदास प्रधानले मन्त्रालयहरुका विभिन्न शीर्षकहरुमा विनियोजन गरिएको बजेटमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ।

आज अपरान्ह ४ बजे दुवै सदनको संयुक्त बैठकसमेत बस्दैछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!