प्रतिनिधिसभामा गृह मन्त्रीको उपस्थिति नभएपछि बैठक स्थगित

Posted on: 25 Jun, 2018

असार ११, काठमाडौं । मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दलले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ।

उर्जा, जलस्रोत तथा सिँचाइ, गृह र परराष्ट्र मन्त्रालयमा विनियोजित बजेटमाथि छलफल चलिरहँदा गृहमन्त्रीको उपस्थिति नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठक प्रभावित भएको हो। 

यस विषयमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको प्रश्नमा सभामुख कृष्णबहादुर महराले मन्त्री आउँदै गरेको जानकारी गराउँदै आफ्नो स्थानमा बस्न अनुरोध गरेपनि सांसदहरुले अस्विकार गरेपछि बैठक १० मिनेटका लागि स्थगित  भएको हो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!