नेकपा (माओवादी केन्द्र)को स्थायी समिति वैठक सम्पन्न

Posted on: 16 Jul, 2018

असार ३२, काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको (स्थायी समिति) वैठक सम्पन्न भएको छ । उक्त बैठकबाट निम्न निर्णयहरु सार्वजनिक भएको कुरा स्थायी समिति सदस्य तथा प्रदेश न. ५ का संयोजक आलोक रायमाझीले जानकारी दिए । 

उक्त बैठकले वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका बिकृती, बिसङगतिहरुका विरुद्धमा निरन्तर संघर्ष गर्दै १५ औ पटक अनशनरत डा. गोविन्द केसीको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै उहाँका जायज मागहरू तुरुन्त पूरा गर्न सरकार संग माग गरिएको छ । साथै डा.केसीको आन्दोलनलाई केहि राजनैनिक पार्टीले नाजायज ढंगले पार्टीकरण गर्न खोजेको प्रति आपत्ति जनाउँदै डा. केसीको जीवनरक्षाका निम्ति जोडदार अपील गरिएको छ । 


त्यसैगरी बर्तमान नेपालको कानुनले दिएको कुटनैतिक नियोगले खोल्न पाउने एउटा बिधालय बाहेकका भारत सरकारको मातहतका (CBSE) १३ वटा विद्यालयहरुलाई संबंधन दिइएकोमा गम्भीर आपत्ति जनाउँदै यस्ता खाले निर्णयले नेपालको सार्बभौमिकता साथै राष्ट्रियतामा गम्भीर दीर्घकालीन असर पुरयाउने निष्कर्ष निकाल्दै, यस्ता गैरकानुनी र राष्ट्रघाति निर्णयलाई तुरुन्तै खारेज नगरे बाध्य भएर आन्दोलनमा जाने निर्णय भएको कुरा रायमाझीले जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!