कोशी, गण्डकी र कर्णालीबाटै समुन्द्रमा पानीजहाज पुर्याउछौं: प्रधानमन्त्री

Posted on: 18 Aug, 2018

भदौ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभलाई सम्बोधन गर्दै सप्तरीको हनुमाननगरबाट कोलकाता पुग्ने पानी जहाज चलाउने योजना सरकारले अघि सारेको बताए ।

प्रधानमन्त्री ओलीले भने:- 'मैले महासागरमा नेपालको आफ्नै पानीजहाज कुद्छ भनेको छु । अब कोशी, गण्डकी र कर्णलीबाटै समुन्द्रमा पानीजहाज पुर्‍याउने भनेका छौं’।

उनले प्रदेश २ बाटै कोलकत्तामा पानीजहाज पुग्ने दावी गरेका छन् । पूर्वपश्चिम रेलमार्ग, पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग प्रदेश २ सँग जोडिएको भन्दै उनले अब पानीको बाटोबाट पनि आवागमन हुने बताए ।

सीमामा भारतले सडकका बाँध बाँध्न नपाउने भन्दै त्यसका कारण नेपाली भूमि डुबानमा पर्ने समस्या हटाउनुपर्ने बताए । त्यसका लागि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुराकानी गरेको त्यसकै आधारमा समस्या समाधान गर्न काम थालिएको बताए ।

उनले वर्षमा गंगामा बग्ने ४० प्रतिशत र हिउँदमा ७० प्रतिशत पानी नेपालको भएको भन्दै नदी नियन्त्रणको काम साझेदारी र परस्परिक हितमा आधारित भएर गर्न भारतलाई आग्रह गरेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!