कामिनीको रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

Posted on: 19 Aug, 2018

भदौ ३,काठमाडौं । सर्वोच्च अदालतले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्नुको कारण सरकारसँग माग गरेको छ ।

आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै अदालत पुगेकी राजभण्डारीको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गर्‍यो ।

साउन २९ गते बसेको मन्त्रिपरिषद बैठकले टेलिकममा राजभण्डारीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च गएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!