प्रचण्ड सिता दाहालको उपचारका लागि आज सिंगापुर जाँदै

Posted on: 26 Sep, 2018

असोज १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधवार सिंगापुर जाँदै छन् | पत्नी सिता दाहालको उपचारका लागि बुधबार उनि सिंगापुर जान लागेका उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए  । 


अध्यक्ष प्रचण्ड आज राती ९ बजे सिंगापुर जानेछन् । 

प्रचण्ड यस अघि असार ४ गते पत्नी दाहालको उपचारका लागि सिंगापुर गएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्ड झण्डै १५ दिन सिंगापुर बसेका थिए । 

सुगर, प्रेसर, कलोजोको समस्याबाट पीडित सीतालाई सिंगापुरस्थित  माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो । 

छोरा प्रकाशको असामयिक निधनपछि सीतामा  स्वास्थ्य समस्याहरू बढेको पारिवारिक स्रोतको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!