हुलाकी राजमार्ग तीन वर्षमा पूरा हुन्छ: मन्त्री महासेठ

Posted on: 10 Oct, 2018

असोज २४, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी राजमार्ग तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 

यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री महासेठले मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको चार लेन बनाउने काम बुटवलबाट शुरु गरेको र छ महीनाभित्र सबै ठाउँमा काम सम्पन्न गर्ने बताउनुभयो । 

फागुन ३ मा केपी ओलीले सरकार गठन गरेपछिका आठ महीनामा कर्मचारीको व्यवस्थापन गरेको, विकास निर्माणका काम भएको बताउँदै मन्त्री महासेठले तीन वर्षभित्र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने चर्चा गर्नुभयो । 

सन् १९७६ मा चीनले क्रान्ति सम्पन्न गरेपछि ४२ वर्षमा विकासमा फड्को मारेको र साइप्रसलाई विकास हुन ४० वर्ष लागेको तथा मलेसियालाई १८ वर्ष लागेको स्मरण गर्दै उहाँले नेपालले त्यो भन्दा पनि छिटो विकासमा फड्को मार्न सक्नुपर्दछ भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!