काँग्रेस महासमिति बैठक स्थगित, सदस्यहरुले नै गरे होहल्ला

Posted on: 17 Dec, 2018

पुष २, काठमाडौं | आजको काँग्रेस महासमिति बैठक दुई घण्टाको लागि स्थगित भएको छ । १२ बजेसम्म पनि शीर्ष नेताहरु बैठकका नआएपछि बैठक अवरुद्द भएको हो । 

शीर्ष नेताहरु विधान मस्यौदामा सहमति जुटाउन भन्दै विहानैबाट आपसी छलफलमा लागेपछि बैठकमा समयमै सहभागि हुन नसकेको बताइएको छ । १० बजे बैठक महासमिति बैठक सुरु भएपनि दुई घण्टासम्म नआएको भन्दै सदस्यहरुले होहल्ला गर्न थालेपछि बैठक स्थगित गरेको घोषणा गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए 

विधान मस्यौदामा संस्थापन पक्ष र बरिष्ठ नेता पौडेल पक्षबीच पदाधिकारीको संख्याका विषयमा सहमति भएपनि निर्वाचन प्रकृयाकाबारेमा सहमति जुटेको छैन ।  

यसबारे छलफल गर्न हाल केन्द्रीय समितिको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको प्रवक्ता शर्माले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!