गृहमन्त्री बादललाई घन्टी बजाउने जिम्मा

Posted on: 18 Dec, 2018

पुष ३, काठमाडौं | नेकपाको स्थायी समिति बैठकको सूरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् । 

बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको छ । 

व्यवस्थित बैठक सञ्चालनका क्रममा पौडेलले प्रतिवेदनमाथि सुझाब राख्ने नेताहरुको रोलक्रमअनुसार नाम बोलाउने र धारणा राख्ने नेताहरुको समय सकिएपछि बादले घन्ट बजाउने जिम्मा पाएका हुन् । 

प्रत्येक नेतालाई २० मिनेटसम्म बोल्ने समय दिइएकाले बादलजीले हरेकको पालामा १५ मिनेट सकिएपछि पहिलो जनाउ घन्टी र २० मिनेट सकिएपछि समापन घन्टी बजाउनुभयो, स्थायी समितिका एक सदस्यले भने । 

- आजको नयाँ पत्रिकाले यो खबर छापेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!