भाइरल ज्वरोले सताएपछि मन्त्री मगर अस्पताल भर्ना

Posted on: 22 Jan, 2019

माघ ८, काठमाडौँ | खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ । 

भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उहाँ सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिनुभयो । मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!