नेविसंघको कार्यसमिति भंग गर्ने कांग्रेसको निर्णय, सबै मनोनयन बदर

Posted on: 12 Feb, 2019

माघ २९, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो । यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ ।

यसअघि नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा गरेका थिए भने केही समय अघि ७ जना पदाधिकारीले राजीनामा दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!