देश अब पानी जहाजको युगमा प्रवेश गरेको छ: प्रधानमन्त्री

Posted on: 14 Feb, 2019

फागुन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् ।


कार्यक्रममा बोल्दै ओलीले देश अब पानी जहाजको युगमा प्रवेश गरेको बताएका छन् । उनले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने बताए । उनले पानी जहाजको कार्यालय कसैलाई जागिर खुवाउन मात्र नखोलिएको पनि स्पस्ट पारे । उनले भने, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस् । टिकट पाइन्छ ।’

भारत भ्रमणको क्रममा रक्सौल-काठमाडौं रेल र पानी जहाजको कुरा आफूले उठाएको स्मरण गर्दै उनले केही दिनभित्र काठमाडौंबाट कोशी नदीसम्म सामान लगेर त्यहाँबाट पानी जहाजमार्फत ओसार्न सकिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!