यसकारण नेकपाका अध्यक्ष प्रचण्ड अमिरिका जाँदैछन्

Posted on: 15 Mar, 2019

चैत्र १, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जाने भएका छन् ।

प्रचण्ड मार्च १८ तारिखमा अमेरिका जान लागेका हुन् ।

प्रचण्ड निकट स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेका हुन् ।

दाहालसँगै परिवारका अन्य केही सदस्यपनि अमेरिका जाने बताइएको छ ।

यसअघि प्रचण्ड पत्नी सीताको उपचारकै लागि दाहाल गत असोजमा सिंगापुर गएका थिए  । सिंगापुरमा सीताको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरिएको थियो । सीता मधुमेह र उच्च रक्तचापबाट पीडित हुदै आएकी छन् । अध्यक्ष प्रचण्ड अमेरिका जानु अघि नेकपाको सचिवलाय बैठक बस्ने तयारी भइरहेको नेकपाका नेताहरुले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!