अमेरिकाद्वारा प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

Posted on: 19 Mar, 2019

चैत ५, काठमाडौं– संयुक्त राज्य अमेरिकाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो । 

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी लगायतको भ्रमणका क्रममा पनि अमेरिकाले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको थियो । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला  हटाउनका लागि बाटो खोल्ने गर्दछ । 

काठमाडौंस्थित अमेरिकी राजदूतावास निकट श्रोतका अनुसार  यस्तो सर्कुलर जारी गरेपछि सरकारका कुनै पनि निकायले कार्वाही प्रक्रिया अगाडि बढाउन मिल्दैन ।

अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!