विप्लव समूहलाई प्रधानमन्त्रीको सुझाव 'समयभीत्र लुरुलुरु हतियार बुझाउन आए हुन्छ'

Posted on: 24 Mar, 2019

चैत १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै विप्लब समूहलाई समयमै हतियार बुझाउन आउन सुझाव दिएका छन् । 

संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा देशको समसामयिक बिषयमा जानकारी गराउने क्रममा विप्लब समूहबारे प्रधानमन्त्री ओलीले विप्लव समूहमाथि लगाइएको निषेध फिर्ता नहुने स्पष्ट पार्दै हतियार बुझाउन आउन सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीले विप्लव समूहलाई धेरै पटक आग्रह गर्दा नमानेर लोकतान्त्रिक पद्धति बिरुद्ध काम गरेको कारण निषेध लगाउनु परेको बताए ।

प्रधानमन्त्री ओलीले लोकतान्त्र बिरोधि गतिबिधि गर्ने छुट कसैलाई नभएको भन्दै राज्यले कानुन बमोजिम नियन्त्रण गर्ने बताए उनले भने 'राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।' 

प्रधानमन्त्री ओलीले हतियार बुझाउन समय दिईएको स्मरण गराउंदै  तोकिएको समयभीत्र लुरुलुरु हतियार बुझाउन नआए कसरी हतियार लिनुपर्छ भन्ने कुरा सरकारलाई राम्ररी थाहा भएको भन्दै चेतावनी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!