'राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक-फुटुक नगर्दा हुन्छ'

Posted on: 24 Mar, 2019

चैत १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्किने बिषयमा चलाईएको हल्लाको पछाडी नलाग्न आग्रह गर्दै राजतन्त्रको फिरी लगाउनेलाई जनताको तर्फबाट चेतावनी दिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताए । जनताले रगत बनाएर गणतन्त्र ल्याएको स्मरण गराउदै राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिए । 

प्रधानमन्त्री ओलीले भने, ‘यो गणतन्त्र रगत बगाएर ल्याएको गणतन्त्र हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । बलिदानपूर्ण संघर्ष गरेर ल्याएको गणतन्त्रको रक्षा नेपालीले गर्छ । राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक-फुटुक नगर्दा हुन्छ ।’ 

प्रधानमन्त्रीले प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनताले राजतन्त्र ल्याउने कुरा सोच्न पनि तयार नभएको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!