मन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवार्ता

Posted on: 26 Mar, 2019

चैत १२, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा सम्बन्धी बङ्गलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अगाडि बढाउन नेपाल सरकार तत्पर रहेको बताउनुभएको छ । 

मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सलाई उहाँले सो कुरा बताउनुभएको हो । भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । 


भेटमा मन्त्री पुनले बङ्गलादेशमा केही समयअघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो । 

सो अवसरमा बङ्गलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागिता रहने जानकारी दिदैं ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकार इच्छुक रहेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!